आजीवन कारावासको मागसहित आलम विरुद्ध अभियोगपत्र दर्ता

रौतहट । रौतहटको बम विष्फोटमा संलग्न काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलम विरुद्ध आजीवन कारावासको मागसहित अभियोगपत्र दर्ता गरिएको छ । रौतहटको प्रहरीले आलमलाई ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग तथा बिष्फोटक पदार्थ किनबेच र भण्डारणको मुद्धामा आजीवन काराबास कैदको मागसहित शुक्रबार अभियोगपत्र दर्ता गरेको हो ।

२०६४ साल चैत २७ गते पहिलो संविधानसभाको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै सर्वोचको आदेशमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा जलाएको दावी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सो घटनाबारे अनुसन्धान गरि प्रहरीले प्रमाण सहित शुुक्रबार अपरान्ह तीन बजे दर्ता गराइएको छ । आलम प्रकरणमा अनुसन्धानका लागी तत्कालीन आइजीपी ओमविक्रम राणा, तत्कालीन डीआइजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग भेटेर बयान समेत लिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार