आलमविरुद्ध जन्मकैद सहित अदालतमा ३ अभियोग दर्ता

रौतहट । काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयमा तीनवटा अभियाेगपत्र दर्ता भएका छन् । उनी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको बताइएको छ ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहको विरुद्धमा पनि अभियोगपत्र दायर गरेको हो ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार