बंगलादेशका राष्ट्रपति हमिद चन्द्रागिरि र पाटनको अवलोकन गर्दै

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शुक्रबार चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायरको अवलोकन गर्दै छन् । उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि उनले काठमाडौं आएकै दिन भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका थिए । बुधबार दिनभर उच्चस्तरीय राजनैतिक भेटवार्ता गरेका उनले बिहीबार पोखराको अवलोनक गरेका थिए ।

नेपाल आएको चौथो दिन शुक्रबार चन्द्रागिरि र पाटनको अवलोन गरेर शुक्रबार नै स्वदेश फर्किँदैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार