प्रधानमन्त्रीको डायलासिस सम्पन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस सम्पन्न भएको छ । चौथोपटक डायलासिस गर्न ग्राण्डी पुगेका ओलीको आइतबार राति मिर्गौलाको डायलासिस सम्पन्न भएको हो ।

डायलासिस सकिएपछि आइतबार राति नै बालुवाटार फर्किएका छन्। यसअघि उनी कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

१२ वर्ष अघि मिर्गौलाको प्रत्यारोपण गरेका ओलीलाई कित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार