१३ औं सागमा म्याराथन सुरु, पुरुष क्रिकेटमा नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथन दौड सुरु भएको छ । ४२ किलोमिटर दौड बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो ।

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २ २ जना सहभागी छन् । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन् ।

पुरुष क्रिकेट सुरु हुँदै

क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्ने छ । पाँच राष्ट्र सहभागी राउण्ड रोविन लिगको पहिलो खेलमै श्रीलकासँग ६ विकेटले पराजित भएको नेपालले त्यसयता भुटान र माल्दिभ्सविरुद्ध सहज जित हात पारेको छ ।

स्वर्णको दाबेदार दुई राष्ट्र श्रीलंका यू २३ र बंगलादेश यू २३ बीच खेल हुनै बाँकी छ । यस्तोमा नेपालको लागि शीर्ष दुईमा रहँदै फाइनल पुग्न शनिबार बंगलादेश विरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । पराजित भएमा भने नेपालको स्वर्ण सम्भावना समाप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार