काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूह छिन्नभिन्न भएको दावी गरेका छन् । प्रहरी तालिम केन्द्र महाराजगञ्जमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षालाई खलल पुर्याउने विप्लव समूह छिन्नभिन्न भइसकेको दावी गरेका हुन् । उनले पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य रहेको समेत बताए ।
“शान्ति सुरक्षालाई खलल पुर्याउने समूहविरुद्ध प्रहरीको काम प्रशंसायोग्य छ गृहमन्त्री थापाले भने, अशान्ती फैलाउने समुह छिन्नभिन्न भइसक्यो ।”
आपराधिक, विखण्डनकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरुबाट सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै गृहमन्त्री थापाले प्रहरी नेतृत्वलाई सजग रहन समेत आग्रह गरे ।
कानुनले निर्देश गरेको काम नेपाल प्रहरीले सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व रहेको भन्दै गृहमन्त्री थापाले नेपाल प्रहरीमाथि नागरिकको ठूलो भरोषा रहेकाले नागरिकको भरोषामाथि खेलवाड नगर्न सचेत गराए ।







