विप्लवका संखुवासभा जिल्ला नेता पक्राउ

काठमाडौं । सरकारले पछिल्लो समय विप्लव समूहका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । आज मात्रै संखुवासभाबाट विप्लव समूहका जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि असार १६ गते संखुवासभामा गोली चलेको थियो । प्रहरीले संखुवासभाका जिल्ला नेता निमा दोर्जी तामाङलाई गोली चलेको ठाउँबाट पक्राउ गरेहो छ । उनको साथबाट एक नाल एसएलआर, म्यागजिन, एउटा एलएमजी म्यागजिन, ७.६२ एमएमको ११० वटा गोली, ३ मिटर तार र १३ राउण्ड खाली खोका बरामद गरिएको छ।

यसका साथै उनको साथमा विप्लवल समूहको पर्जा समेत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार