
काठमाडौं । चितवनमा एउटा सामुदायिक बनमा मृत बाघ भेटिएको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा मृत बाघ फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए ।
घाँसकाट्न गएका स्थानीयले मृत बाघ देखेपछि आफुहरु घटनास्थल पुगेको गेमस्काउट चौधरीले बताए ।
चौधरकिा अनुसार मृत अवस्थामा फेला परेको बाघको शरीरभरी नै घाउ छन् । व्यस्यक बाघहरु एक आपसमा लडेर मृत्यु भएको पनि हुन सक्ने अनुमान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोली घटनास्थलमा पुगेको छ । विज्ञ टोलीको अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने चौधरीले बताए ।











