सिमामा सशस्त्रको एक्सनः सिमा क्षेत्रका संरचनाहरु भत्काउन सुरु


रौतहट । भारतको संगको सिमा बिवाद अहिले निकै उच्च बिन्दुमा पुगेको छ । भारतले हालै जारि गरेको नयां नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भुभाग समेटेको भन्दै देशभरी नै बिरोध भइरहेका बेला रौतहटमा भने दुबै देशको सिमाक्षेत्रमा बनाइएका भौतिक संरचना हटाउन सुरु गरिएको छ ।

रौतहटमा नेपाल र भारतको सीमा क्षेत्र (दशगजा) मा बनाइएका गाईगोठ, घर टहरा, पसल तथा बजार दुवै देशका सुरक्षाकर्मीको संयुक्त पहलमा हटाउन सुरु भएको हो ।

रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।

दश गजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएका थिए ।

दशगजा क्षेत्रमा अवैध रुपले बनाइएका भौतिक संरचनाहरु हटाउने र सीमा क्षेत्र स्पष्ट रुपले बुझिने गरी राख्ने उद्देश्यका साथ अतिक्रमण हटाउने काम सुरु भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका उपरिक्षक रविन राज कर्णजितले बताए ।

उपरिक्षक रविन राज कर्णजितका अनुसार परोहा नगरपालिकामा पर्ने पिल्लर संख्या ३५५, ३५५-१, ३५५-२, ३५४-३, ४ र ५ सम्म रहेका सबै अतिक्रमण हटाइ सबै सीमा स्तभ्महरुकोे तथ्याक पनि संकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार