बारा । एनसेलको टावरमा अज्ञात समूहले आगो लगाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको बताइएको छ ।
गएराति करिब १० बजेतिर टावरमा आगो लागेको प्रहरीले जनाएको छ । टावरमा कस्ले आगजनी गरेको हो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै मंगरबार बेलुका चितवनको कालिकाको मिलनबजारमा रहेको टावरमा पनि आगजनी गरेको थियो ।











