पर्यटन मन्त्रीको अपीलः ‘नेपाल भ्रमण गरेर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस्,


काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमणका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताएका छन् । बुधबार दशरथरंगशालामा आयोजित “नेपाल भ्रमण वर्ष २०२० “को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल अद्वितीय प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भएकाले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई हार्दिक अपील गरे।

“नेपाल प्रकृतिको अनुपम सिर्जना हो, यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस्”, मन्त्री भट्टराईले भने ।

नेपाल मौलिक संस्कृति, बहुधार्मिकताको केन्द्र भएकाले विविधतापूर्ण संस्कृतिमा रमाएर जान उनले पर्यटकलाई आग्रह समेत गरे ।
पर्यटकहरूको लागि नेपाल आफैंमा एउटा पूर्ण प्याकेज भएकाले यसको फाइदा उठाउन उनले आग्रह गरे ।

नेपाल संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको र अथिति सत्कार विश्वमै उत्कृष्ट भएको मन्त्री भट्टराइको भनाई छ ।

“हामी सहजै भन्न सक्छौं, यहाँ के छैन ? सबथोक छ मन्त्री भट्टराईले भने, हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा हामी भन्न सक्छौं, सबैका लागि नेपाल उपयुक्त भ्रमण केन्द्र हो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार