नेपालका प्रमुख पार्टीले एक समय हतियार उठाएकै हुन,जनयुद्धको बिषयमा जथाभावी नबोलौं– प्रचण्ड


गोरखा । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले परिवर्तनका लागि नेपालका सबै प्रमुख पार्टीले एक समय हतियार उठाएको बताएका छन् ।

प्रथम शहीद लखन थापाको स्मृति दिवसमा सहभागि हुन शुक्रबार गोरखा पुगेका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र कम्युनिष्टहरुले पनि एक समय नेपालमा हतियार उठाएको बताएका हुन ।

“परिर्बतनका लागि कांग्रेसले २००७ सालमा हतियार उठाएको हो प्रचण्डले भने, काँग्रेसपछि नेपालका कम्युनिस्टहरुले झापा विद्रोहका नाममा हतियार उठाएकै हुन, त्यसपछि २०५२ सालमा आफूहरुले ब्यवस्था नै परिर्बतनका लागि सशस्त्र जनयुद्ध सुरु गरेका हौं । त्यसैले जनयुद्धको बिषयमा जथाभावी नबोलौं ।”

जनयुद्ध दिवश मनाइरहेका बखत तत्कालिन माओवादीले सुरु गरेको दशबर्षे जनयुद्धको अपब्याख्या र शहिदकै अपमान भइरहेका बेला प्रचण्डको यस्तो टिप्पणी आएको हो ।

कार्यक्रममा बौल्दै प्रमुख पार्टीहरुले समय समय उठाएको हतियार र आन्दोलका बलमा नेपालमा एतिहासिक परिर्बतन भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धकै बलमा संघिय लोकतान्त्रिक गणतन्त्र आएको दावी गरे ।

कम्युनिष्ट सरकार सुखी नेपाली र समृद्ध नेपालको नारासहित अघि बढिरहेकाले जनतामा निरासा र भ्रम नर्छन सबैमा अनुरोध समेत गरे । सरकारले चाहेजस्तो दुर्तगतिमा काम गर्न नसकिरहेको भर्एपनि धेरै राम्रा कामहरुको सुरुवात भएको बताए ।

कार्यक्रममा बोल्नै अध्यक्ष प्रचण्डले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने आश्वासन दिए ।

राणा शासनको दमनविरुद्ध बिद्रोह गरेको भन्दै विं.स. १९३३ साल फागुन २ गते लखन थापा, जय सिंह चुमीसहित पाँच जनालाई जंगबहादुर राणाको आदेशमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार