भूपू गोरखा सैनिकहरुको फेरि आन्दोलन सुरु, ब्रिटिश क्याम्प अगाडि धर्ना


काठमाडौं । भूपू गोरखा सैनिकहरुले फेरि आन्दोलन सुरु गरेका छन् । मंगलबार सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् ।

बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथ नेपाल भ्रमणका क्रममा पोखरामा रहेका बेला उनिहरुले विभिन्न भाग राख्दै विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन ।

बेलायत सरकारले आफुलाई समान पेन्सन, क्षतिपुर्ती लगायतका सेवासुविधाहरु दिनुपर्ने भन्दै उनिहरु केहिबर्षदेखि आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले १५ मार्च भित्र वार्ता कमिटी गठन गरेर आफ्ना गुनासा, मागहरू सम्बोधन गर्न माग समेत गरेका छन् । बेलायती सेनाध्यक्ष स्थिम गत शनिबार नेपालको भ्रमणमा काठमाडौं आइपुगेका थिए ।

बेलायती सेनामा भर्तीका लागि छनौट भएका ४४३ जनालाई “कसम खुवाउने” कार्यक्रममा सहभागी हुन सेनाध्यक्ष स्मिथ पोखरा गएका हुन ।

१५ मार्चभित्र वार्ता कमिटी बनाउन माग परराष्ट्र मन्त्रालयले गत हप्ता त्रिपक्षीय सन्धि पुनरावलोकन र भूपू गोर्खाहरूको समस्याबारे वार्ताको प्रस्ताव गरेर पत्र पठाएको छ । काठमाडौंस्थित ब्रिटिश राजदुतावासमार्फत पठाइएको पत्रमा सन् २००७ देखि बेलायती सेनामा भर्ती भएकाहरूले समान तलब र पेन्सन उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।

तर अझै पनि भूतपूर्व गोर्खाका कतिपय गुनासा समानता, न्याय र निष्पक्ष सम्बोधन आवश्यक रहेको पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार