कमिसनकोे आरोप लागेपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं । कमिसनको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले राजिनामा दिएका हुन् ।

उनले राजिनामा दिएको कुरा सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका छन् । नेपाली कांग्रेसले संसदको बैठकमा सञ्चारमन्त्री बास्कोटाको राजीनामा माग्दै बैठक अवरुद्ध गरेपछि सभामुखले राजिना दिएको बताएका थिए ।

तर, बास्कोटाको औपचारिक पत्र भने आउनै बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार