
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनका लागि छलफलन गर्न बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार बैठकमा नयाँ मन्त्री क–कसलाई बनाउने भन्ने बारे निर्णय गरिने छ । बैठकमा नेकपाका अधिकाशं नेताहरुको सहभागिता रहेको छ ।
यसअघि प्रधानमन्त्री ओलीले बिहीबार पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए ।










