कालिकोट । कर्णाली नदीमा जीप खस्दा चालकको मृत्यु भएको छ ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारनजिकै सडकबाट जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको हो ।
आज बिहान करिब १० बजेतीर भएको उक्त दुर्घटनामा परी जीपका चालक दैलेखको गुराँस गाउँपालिका(४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
रासकोट नगरपालिकाबाट जितेगडा यात्रु पुर्याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको कालीकोट प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।









