काठमाडौं । पूर्वसंचारमन्त्री एवम् सरकारकाका प्रवक्ता गोकुल बास्कोटाको ७० करोड किमसनकाण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल मुख खोलेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित सत्तारुढ नेकपाको बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले बास्कोटा कमिसनकाण्डको बचाउ गरेका छन् ।
“आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो, आरोप लागेको छैन, मुद्दा लागेको छैन, प्रमाणित भएको जसरी हल्ला गरियो,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले बास्कोटालाई बात लागेपछि राजीना दिएर तर दोषी ठहर भए जसरी प्रचार गरेको भन्दै आपत्ति समेत जनाए ।
बास्कोटाले भ्रष्टाचार गरेको र्भए छानबिन हुने भन्दै उनले आफुले चालेको भ्रष्टाचारबिरोधी आन्दोलनलाई बद्नाम गर्ने र आफ्ना नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भएको दावी समेत गरे ।










