डा. खतिवडा पुनः अर्थ र संचारमन्त्री

काठमडौँ । डा. युवराज खतिवडा पुनः अर्थ र संचारमन्त्रीमा नियुक्त भएका छन् । पदबाट राजीनामाको अर्को दिन नै उनलाई प्रधानमन्त्रीले पुनः अर्थ र संचार मन्त्रालय सम्हालनेगरी बुधबार बिहान नियुक्त गरेका हुन ।

राष्ट्रिय सभा सदस्यको पदावधि हिजो (मंगरबार) सकिएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने ब्यवस्था अनुसार प्रधानमन्त्रीले उनलाई मन्त्री पदमा सिफरिस गरेका हुन ।

खतिवाडाले आजै सपथ लिई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।

यो पनि पढ्नुस

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार