बेलायत र भारतबाट फर्किएका २ जनामा कोरोना आशंका,क्वारेन्टाइनमा राखियो

(File pic)
कपिलवस्तु । भारत र बेलायतबाट नेपाल फर्किएका २ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।
भारत हुँदै नेपालको कपिलवस्तुस्थित मर्यादपुरबाट नेपाल प्रवेश गरेका उनिहरुमा कोरोना संक्रमणको आशंका गरिपछि तत्काल क्वारेन्टाइनमा पठाइएको छ ।

बेलायत र भारतको पञ्जावबाट नेपाल फर्केका दुई जनालाई सिमानामा रहेको हेल्थ डेस्कले स्वास्थ्य परीक्षण गर्दा उच्च ज्वरोसहित कोरोनाका लक्षण देखिएपछि तत्काल क्वारेन्टाइनमा पठाइएको कपिलवस्तुका प्रहरी प्रमुख दिपशमशेर राणाले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणको आशंका गरिएका उनीहरुलाई महेन्द्र आधारभूत प्रावि तौलिहवास्थित क्वारेन्टाइनमा पठाएको छ । क्वारेन्टाइनमा १४ दिन राखेपछि मात्रै उनीहरुलाई आ–आफनो घर पठाइनेछ ।

उनिहरुमा कोरोनाको संक्रमण यकिन गर्नका लागि स्वास्थ्य परीक्षण रिपोर्ट ल्याव परीक्षणमा पठाइएको समेत प्रहरी प्रमुख राणाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार