
वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
दुई जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ ।
उनीहरु मध्ये एक जना छपकैया महानगरको सरसफाई शाखामा कार्यरत कर्मचारी रहेका छन् । यसअघि उक्त ठाउँमा भारतीय जमातीहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो ।
अर्को संक्रमित भने सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष रहेको बताइएको छ । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।
नेपालमा अहिलेसम्म ५१ जनामा कोरोना पुष्टि भएको छ भने १२ जना निको भएर घर फर्किसकेका छन् ।










