वीरगञ्ज । नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये दुई जना बारा र एक जना पर्साका पुरुष हुन् । उनीहरु दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति रहेको बताइएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।










