
काठमाडौं । लकडाउनका बेला भारतबाट साढे ११ लाख बोकेर आउँदै गरेका युवा वीरगंजमा पक्राउ परेका छन् ।
भारतको रक्सौलबाट ना. ६२ प ९५७१ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेका वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाँउका करिब २९ वर्षीय लालबाबु कुमार यादवलाई ११ लाख ५० हजारसहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई वीरगञ्जको रजतजयन्ती चोकबाट बुधबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय वीरगञ्जका अनुसार स्रोत नखुलेको ठुलो रकम बरामद गरिएपछि यादवमाथि छानविन भइरहेको छ ।
लकडाउनको समयमा भारतबाट स्रोत नखुलेको लाखौं रुपैंया नेपाल भित्र्याउन लागेको पाइएकाले यस बिषयमा बिशेष अनुसंन्धान भइरहेको वीरगंज प्रहरीको भनाई छ । पक्राउ परेका यादव हुण्डी कारोबारमा समेत संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।










