जनकपुर । महोत्तरीमा मत्यु भएका मध्ये ४ जनाको मदिरा सेवनका कारण ज्यान गएकाे खुलेको छ । यसअघि अज्ञात रोगले १२ जनाको मृत्यु भएको भनिएपनि पोष्ठमार्टम गर्दा ४ जनाको मदिराका कारण मृत्यु भएको खुलेको हो ।
महोत्तरीको भंगहा नगरपालिका ६, ७ र बर्दिबास नगरपालिका १२ मा गएकाे साता १२ जनाको मृत्यु भएको थियो । मृतक मध्ये ८ जनाको भने पोष्टमार्टम नगरेरै अन्तिम संस्कार गरिएको बताइएको छ । उनीहरुको मृत्यु पनि मदिरा सेवनकै कारण भएको मानिएको छ ।
यसअघि उनीहरुको कोरोनाका कारण मृत्यु भएको हो कि भनेर पनि आशंका गरिएको थियो । मृतक मध्ये दुई जनाको रिर्पोट नेगेटिभ आएको छ ।
उनीहरुको मृत्युको अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विज्ञको टोलीसमेत पठाइएको थियो । उक्त टोलीले पनि अध्ययन गरेको छ ।











