
काठमाडौं । नेपालमा फेरी एकै दिन ५७ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयद्धारा मंगलबार जारी गरिएको विज्ञप्तिअनुसार पर्सामा मात्र ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जनामा कोरोना संक्रमण भेटिएको हो ।
नसंक्रमित ५७ जना सबै पुरुष रहेका मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यासंगै नेपालमा संक्रमितको संख्या १९१ जना पुगेको छ ।












