
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बारा र पर्सामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना निकाले निषेधाज्ञा जारी गरेको हो ।
त्यस्तै कोरोनाको बढ्दो संख्यालाई मध्यनजर राख्दै पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले पनि अति आवश्यक बाहेकका सवारी साधनलाई दिने ई पास पनि भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमा जोडिएकाले त्यहाँका सीमामा आवाज जावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । कुनै पनि नागरिकलाई अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन अनुरोध गरिएको छ ।
संक्रमितको संख्या बढ्न थालेपछि बारा र वीरगञ्जमा निकै डर भएको छ । पत्रकार र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको बताइएको छ ।











