
काठमाडौं । कोरोना भाइरसको पीडामा रहेका बेला अम्पुन चक्रवात (तिर्व हावाहुरी र वर्षा) ले नोक्सान पुर्याउन सक्ने बताइएको छ ।
बंगालको खाडीमा विकसित भएको शक्तिशाली अम्पुन चक्रवातले नेपालमा पनि नोक्सान पुर्याउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
उक्त चक्रवात आज दिउँसो मात्रै बंगलादेशसहित भारतको पश्चिम बंगाल उडिसा राज्यमा प्रवेश गरेर क्षती पुर्याएको छ।
यो भारत हुँदै नेपालमा आएर कम्तिमा तीन दिनसम्म प्रभावित पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागद्धारा बुधबार साँझ जारी गरिएको एक विज्ञप्तिअनुसार यसले आजैदेखि तीन दिनसम्म नेपालको प्रदेस १, प्रदेस २ र बागमती प्रदेसलाई अप्रत्यक्ष असर पार्नेछ ।
चक्रवातको असरले वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने र मौसम विभागले बताएको छ । विभागका अनुसार गण्डकी प्रदेश र प्रदेस ५ मा भने आशिंक देखि सामान्य प्रभाव पार्नेछ ।
चक्रवातको असरले खोलानालाहरुमा बाढी आउन सक्ने भएकाले सतर्क रहन समेत मौसम विभागले सूचित गरेको छ ।
अघिल्लो बर्ष तिर्व हावाहुरीका कारण तराई मधेसका विभिन्न जिल्लाहरुमा ठुलो धनजनको क्षती भएको थियो ।













