विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो


काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितको संख्या १ करोड ८१ हजार ५ सय ४५ पुगेको छ ।

त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ५ लाख नाघेको छ । अहिलेसम्म ५ लाख २ हजार ९८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख बढी छ ।

अमेरिकापछि ब्राजिल सर्वाधिक प्रभावित देश हो । यहाँ १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको आँकडाले देखाउँछ ।

त्यस्तै कोरोनाबाट विश्वभर ५४ लाख ५८ हजार ३ सय ६९ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार