
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाको आन्तरिक विवादलाई अति भयो भन्दै तमासा नदेखाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा नेकपाको आन्तरिक विवाद बारे प्रतिक्रिया दिदैं काम गर्ने सरकारको माग गरे ।
उनले समाजिक सञ्जालमा लेखेका छन्,” सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन। तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।”
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।
त्यसप्रति लक्षित गर्दै नेता थापाले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।












