
बुटवल । रुपन्देहीमा करिब साढे तीन महिनापछि आइतबारदेखि सार्वजनिक बस चल्न थालेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरिएको लकडाउने ठप्प रहेको सार्वजनिक यातायात साढे तीन महिनापछि संञ्चालनमा आएको हो ।
रुपन्दहीमा आइतबार पहिलो पटिक लुम्बिनी मेट्रोसिटी प्रालिले बस सेवा सुरु गरेको हो । आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकलित बसहरु सञ्चालन भएका थिए ।
लामो लकडाउनका कारण यातायात व्यवसायीलाई परेको मर्कालाई मध्येनजर गर्दै सरकारले सुरक्षाका केही मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । उक्त अनुमतिलाई आत्मसात गर्दै रुपन्देहीमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रालिले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको बताएको छ ।
प्रदेश सरकारसँग समन्वय गरेर बस सञ्चालनमा ल्याइएको व्यवसायीले बताएका छन् । सरकारले बनाएको नियम अनुसार बसको भाडा पनि केही तलमाथि भएको बताइएको छ ।












