कोरोना संक्रमित बढ्न थालेपछि विरगञ्जमा शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी


वीरगञ्ज । विरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमित बढ्न थालेपछि भोलि शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी रहने बताएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँका स्थानीयले पनि निषेधाज्ञाको माग गरेका थिए ।

स्थानीयको मागलाई सम्बोधन गर्न शुक्रबार प्रशासनले राजनीतिक दलसँग पनि छलफल गरेको थियो । उक्त छलफल पछि निषेधाज्ञा लगाउने निर्णय गरिएको बताइएको छ ।

त्यस्तै वीरगञ्जमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार