
कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि शुक्राबार उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।
बिशेष समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेको काँग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।
यो समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिनेछ ।
त्यस्तै समितीले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बताइएको छ ।
जारी विज्ञप्ति पनि पढ्नुहोस














