
वीरगञ्ज । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत एक किशोरीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका ४ की १७ बर्षकी किशोरी रहेकी छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि त्यहाँबाट वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो ।
उक्त अस्पतालमा उनको आरडीटी गर्दा रिर्पोट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोरोनाको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको पीसीआरको रिर्पोट नआउदै शुक्रबार अपरान्ह मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । युवतीलाई पखाला लाग्ने, जिउ काम्ने र स्वास प्रश्वासमा पनि समस्या देखिएको थियो ।










