
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीमा स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
अहिले उनको काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
उनी विरगञ्जमा भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।











