पशुपतिमा बावुको शव जलाउनै लाग्दा छोरा पक्राउ, हत्या गरेको आशंका


काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको शव प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेको हो ।

उनको शव जलाउन लाग्ने ३० वर्षका उनका छाेरा सन्तोष नेपालीलाई पनि पक्राउ गरिएको छ । उनले आफैले बुवाको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गएको बिहीबार राति मदिरा सेवन गरेका छोरासँग बुवा कृष्णको झगडा भएको थियो । मदिराकै तालमा सन्तोषले बुवालाई कुटपिट गरेका थिए । शुक्रबार बिहान सन्तोषले बुवालाई बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए । तर अस्पतालले मृत घोषणा गर्‍यो ।

अस्पतालबाट बुवाको दाह संस्कारका लागि शव आर्यघाट लगेर गाउँलेलाई पनि उतै बोलाएका थिए । तर आर्यघाटमा गाउँले पुग्नुभन्दा पहिले प्रहरी पुगेर सन्तोषलाई पक्राउ गरी शव पनि बरामद गरेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार