सप्तरीमा पनि ६ जना प्रहरीमा कोरोना पुष्टि


सप्तरी । सप्तरीमा ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । सोमबार जिल्लामा थपिएका ७ जना संक्रमितमध्ये ६ जना प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

उनकाअनुसार संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत प्रहरी जवान छन् । सोमबार सप्तरीमा देखिएका अर्का संक्रमित भने जीवन बिमा कम्पनीमा काम गर्ने ३८ वर्षका पुरुष रहेको यादवले बताए ।

कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै जिल्लामा भोली बिहानदेखि एकहप्ताका लागि निषेधाज्ञा जारी गरिदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार