
बागलुङ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको ज्यान गएको छ । जिल्लाको ढोरपाटन नगरपालिका २ अर्नाकोटमा पहिरोले घर पुरिंदा १९ वर्षीया पूजा परियारको ज्यान गएको हो ।
अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले घर पुरेको थाहा पाएपछि खोजि गर्दा उनको ज्यान गइसकेको भेटाएका छन् । मृतक परियार घरमा एक्लै बस्दै आएको बताइएको छ ।









