यस्तो बेलामा अस्पतालका ५५ स्वास्थ्यकर्मीले दिए राजीना


विराटनगर । कोरोना संकमण बढिरहेका बेला विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । मंगलबार कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् ।

समयर्म पारिश्रमिक नपाएको भन्दै उनीहरुले सामुहिक रुपमा राजीनामा दिएको बताएका छन् । पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने उनीहरुले माग राख्दै आएकोमा अन्तिममा राजीनामा दिएको जनाएका छन् ।
मेडिकल कलेजले उनीहरुको माग पुरा गर्न नसक्ने बताएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार