भरतपुरका ३६ सहित चितवनमा थप ४० जनामा कोरोना पुष्टि


चितवन । गएराति गरिएको परीक्षणमा चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महामनगरपालिकाका ३६ जनासहित ४० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडाका रहेका छन् । त्यस्तै रत्ननगर नगरपालिकाका ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको भएको अस्पतालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार