
धरान । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक ३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी ५ की ५६ वर्षीया महिला रहेकी छन् ।
उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणपछि उनीहरुलाई उपचारका लागि धरान ल्याइएको थियो ।











