
काठमाडौं । गोरु काटेको विषयमा वि वाद हुँदा प्रहरीको गो ली लागि एक जनाको मृ त्यु भएको विषयमा छानविन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा र राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख सुशान्त बराल रहेका छन् ।
गोरु काटेको विषयमा झापा गाउँपालिका ३ कामाटोलीमा स्थानिय र सुरक्षाकर्मी बीच झ डप हुँदा बुधवार साँझ सशस्त्र प्रहरीले चलाएको गो ली लागेर ३८ वर्षीय रसिकुल आलमको मृ त्यु भएको छ । यो विषय अहिले निकै विवादित भएको छ ।











