खोटाङमा बाँदरलाई हानेको गोली लागेर १२ वर्षे बालकको मृत्यु


खोटाङ । खोटाङमा बाँदरलाई हानेको गोली लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका १२ वर्षीय शैलेन्द्र तामाङ रहेका छन् ।

सोही ठाउँमा बस्ने २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुक लागेर उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीले तामाङलाई बन्दुक सहित पक्राउ गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार