
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएको छ । उनलाई सोमबार कोरोना स्रक्रमण देखिएको हो ।
दुई दिनअघि शाक्य दम्पत्तिले स्वाब दिएका दिए । उनको श्रीमतीको नेगेटिभ आएपनि मेयर शाक्यको भने कोरोना पोजिटिभ देखिएको छ ।
कोरोनाको कुनै पनि लक्षण नदेखिएका मेयर शाक्य होम आइसोलेसनमा बसेका छन् ।












