
रुपन्देही । मृत्यु भइसकेपछि स्वाब परीक्षण गर्दा कोरोना देखिएका एक पुरुषको परिवारका थप १५ जनामा कोरोना पुष्टि भएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकामा भदौ ६ गते मृत्यु भएका पुरुषका परिवारका १५ जनामा परीक्षण गर्दा कोरोना देखिएको हो ।
मृत्यृ भएका ५३ वर्षीय पुरूषका परिवारका सदस्य, घरमा काम गर्ने कामदार र गाडी चालकसमेत गरी १५ जनामा कोरोना देखिएको हो ।
ती पुरुषको स्वासप्रश्वासमा समस्या आएपछि बुटवल र भैरहवाका अस्पताल हुँदै भारतको गोरखपुर लैजाने क्रममा नौतनवामा पुग्दा गत भदौ ६ गते मृत्यु भएको थियो।












