
काठमाडौं । वीर अस्पतालमा कार्यरत डाक्टर र नर्ससहित ७१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । मंगलबार १३ जना संक्रमित थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या ७१ पुगेको हो ।
संक्रमण पुष्टि भएका ७१ जनालाई जमलमा रहेको एल्लो पगोडा होटलको आइसोलेसनमा राखिएको छ । अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको छ ।
स्वास्थ्यकर्मीमा यति धेरै संख्यामा देखिएको यो पहिलो घटना हो । कुल ७१ जना संक्रमितहरूमा चिकित्सक, नर्स, ल्याब प्राविधिक, सरसफाइका कर्मचारी र चालक रहेको बताइएको छ ।
काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या भने बढ्दै गइरहेको छ ।









