
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनमा बुझाएका छन् ।
आज दिउँसे बसेको मन्त्रिपरिषदको बैठकमा उनले आजै साँझ राजीनमा दिने घोषणा गरेका थिए । राजीनमा दिनु अघि मन्त्रालयमा उनको विदाइ कार्यक्रम भएको थियो ।
साढे दुई वर्षसम्म उनले अर्थमन्त्रीकाे कार्यभार सम्हालेर आज बिदा भएका छन् ।













