
भारत । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका बुवाको अवस्था गम्भिर रहेको छ ।
भारतिय संचारमाध्यमहरुका अनुसार आदित्यनाथका बुवा आनन्द सिंह बिष्टलाई सोमबार बिहान दिल्लीस्थित एम्स अस्पतालको आइसियूमा राखिएको छ ।
किडनी र लिवरको समस्या रहेका बिष्टको अवस्था नाजुक भएपछि उनलाई मार्च १३ तारीख एम्स अस्पताल भर्ना गरिएको थियो । बिष्ट छोरा आदित्यनाथसंग नबसेर उत्तराखंडको यमकेश्वरस्थित पंचूर गांउमा बस्दै आएका थिए ।













