चितवनमा थप २८ जनामा कोरोना पुष्टि


चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार