
बर्दिया । चौधरी ग्रुपका मालिक विनोद चौधरी कोरोना संक्रमण मुक्त भएसँगै उनको ग्रुपका ४२ जनामा कोरोना देखिएको छ । चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना देखिएको हो ।
नेपालगञ्जको भेरी अस्पतालमा रहेको प्रयोगशामा गरिएको परीक्षणमा आज ४२ जनामा कोरोना पुष्टि भएको बताइएको छ । यसअघि पनि सोही ठाउँमा कार्यरत केही कर्मचारीमा कोरोना देखिएपछि सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दा ४२ जनाको रिर्पोट पोजिटिभ आएको हो ।
कर्मचारीमा काेराेना देखिएपछि उद्योगलाई सिल गरिएको थियो । चौधरी ग्रुपका मालिक विनाेद चौधरी भने शनिबार कोरोना मुक्त भइसकेका छन् ।











