
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका नलगाएका हुन् ।
सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई भने टीका लगाइदिएका छन् । कोरोना संक्रमणको कारण यसबर्ष प्रधानमन्त्रीले बालुवाटारमा दसैं टीकाको कुनै कार्यक्रम नराखेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
अन्य बर्ष भने प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शितल निवासमा दशसैंको टिका थाप्ने कार्यक्रम हुँदै आएको थियो ।














