एसईईको नतिजा प्रकाशित,नजिता यसरी हेर्नुहोस


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज प्रकाशित गरेको छ । विद्यालयले गरेको मूल्यांकनका आधारमा बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीकाअनुसार नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फत हेर्न सकिनेछ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था मिलाएको जनाएको छ।

त्यसैगरी बोर्डले यसबर्षको एसईईको नतिजा बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक समेत गर्ने हेर्न सकिने जनाएको छ ।

नतिजा हेर्न सकिने केहि लिँकहरु www.ekantipur.com  www.see.gov.np, www.neb.gov.np  www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.comwww.see.ntc.net.np,  www.ricell.axiata.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार